स्रोत र साधनलाई ऊर्जाशील गराउने भूमिकामा सहकारी क्षेत्र अगाडि छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाणले बचतबाट स्रोत र साधनलाई ऊर्जाशील गराउने भूमिकामा सहकारी क्षेत्र अगाडि रहेको बताएका छन् । नागरिक संगठित गर्ने, क्षमता अभिवृद्धि गर्ने, सम्पत्तिको मालिक बनाउने, स्रोत र साधनमाथि पहुँच स्थापित गर्ने महत्वपूर्ण भूमिका सहकारी क्षेत्रले गरेको उनले बताए ।

सहकारी क्षेत्रको बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्रिय उत्पादन बढाउन सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउँदै मन्त्री खाणले भने, ‘राज्यले गर्न नसकेको काम पनि सहकारी गरेको छ । दूरदराजका दिदीबहिनी, आमाहरूलाई सशक्त बनाउने र घर, समाज सुधार्ने काममा राज्य नपुगेको ठाउँमा पनि सहकारी पुगेको छ । सहकारीको भूमिका अहम छ ।’

खाणले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनको आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सह–आयोजनामा काठमाडौंको द सोल्टी होटलमा आजबाट सुरु भएको चौथो साकोस शिखर गोष्ठी, २०७९ को उद्घाटन गर्दै गृहमन्त्री खाणले नागरिकको जीवन परिवर्तनमा समेत सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार