रुख ढलेर च्यापिदा बालकको मृत्यु

हावाहुरीका कारण रुख ढलेर च्यापिदा बर्दियामा १२ वर्षीय बालकको मृत्यु भएको छ ।शनिबार साँझ बाख्रा चराउन गएका मधुवन–७ का अमृत थापाको मृत्यु भएको हो ।

बाख्रा चराउन गएका थापा हावाहुरी आएपछि सुरक्षित स्थानको खोजीमा एउटा घर नजिकै पुग्दा आँपको रुख ढलेर उनलाई च्यापेको प्रहरीले बताएको छ ।हावाहुरीले गर्दा जिल्ला भर सयौं बढी घरका छाना उडाउनुका साथै ठूलो संख्यामा रुख ढलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, हावाहुरीको क्षतिको प्रारम्भिक विवरण अनुसार अहिलेसम्म ९ जना घाइते भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार