दोस्रोपटक मुख्यमन्त्री बन्दै गुरुङ, आजै सपथको तयारी

एमालेलाई सरकार गठन गर्न प्रदेश प्रमुखको आव्हान

गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ दोस्रोपटक मुख्यमन्त्री बन्ने भएका छन । नयाँ सरकार गठन गर्ने विपक्षीको प्रयास असफल भएपछि  नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्ने भएका हुन ।

कुनैपनि दलले बहुमत जुटाउन नसकेपछि प्रदेश प्रमुख सिता पौडेलले प्रदेश सभाको सबै भन्दा ठुलो दल एमालेलाई अल्पमतको सरकार गठन गर्न आव्हान गरेकी छन । सोही अनुसार आजै गुरुङ मुख्यमन्त्री बन्ने र सपथ ग्रहणको तयारी भईरहेको गण्डकी प्रदेश प्रमुख निकट स्रोतले टिभी अन्नपूर्णलाई जानकारी दिएको छ ।
गुरुङले बैशाख २६ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा गरेपछि अहिले काम चलाउ मुख्यमन्त्री छन् ।

मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले २६ गते दिउसो ४ बजे ७२ घण्टाको समय दिदैं बहुमतको सरकार गठनका लागि दलहरुलाई आव्हान गरेकी थिइन् ।

यो अवधिमम बहुमतको सरकार बनाउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रयास गरेपनि जनमोर्चाका कृष्ण थापाले साथ नदिएपछि उनी सफल भएनन् । उनलाई कांग्रेस, माओवादी केन्द्र र जसपाको साथ थियो । जनमोर्चाको मत एकै नहुँदा नेपालीले मुख्यमन्त्री बन्न पाएनन् ।

आजै मुख्यमन्त्रीको सपथ खाने तयारी गरेका गुरुङले प्रदेश सभाबाट एक महिना भित्रमा विश्वासको मत लिनु पर्नेछ ।

 

कारबाही अवैधानिक भएकाले बैधता नदिन थापाको आग्रह

जनमोर्चा संसदीय दलका नेता कृष्ण थापालाई कारबाही

गण्डकी प्रदेशमा बिपक्षीले बहुमत जुटाउन असफल

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार