नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख नाघ्यो, १६८ जनाको मृत्यु

९ हजार ३०५ जनामा संक्रमण पुष्टि

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ३०५ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी  १ लाख १ हजार ६ सय ३४ पुगेका हुन्।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २०३६२ पीसीआर र ४२४ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख २२ हजार ४ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १६८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ४ हजार २५२ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ४ हजार ४४४ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म तीन लाख १६ हजार ४६८ जना संक्रमणमुक्त भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार