कारबाही अवैधानिक भएकाले बैधता नदिन थापाको आग्रह

जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले आफुमाथीको कारबाहीका लागि सचेतक पियारी थापाले दर्ता गराएको पत्र अवैधानिक भएको भन्दै कारबाहीलाई बैधता नदिन प्रदेश प्रमुखसँग आग्रह गरेका छन । विपक्षी दलको गठबन्धनमा हस्ताक्षर गर्ने पार्टी केन्द्रिय निर्णयको अवज्ञा गदै बाग्लुङ पुगेका थापाले एक बिज्ञप्ती निकालेर यस्तो आग्रह गरेका हुन ।
प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पत्र लेख्दै उनले कारबाहीलाई वैधता नदिन आग्रह गरेका छन् । ‘म पार्टी कामले बागलुङमा हुँदा किर्ते, जालसाजी गरेर हटाउन खोजियो, कारबाहीलाई वैधता नदिन आग्रह गर्छु,’ उनले लेखेका छन् ।

उनले कुनै गठबन्धनमा नलागेको पनि बताएका छन् । ‘म हालको सरकार निर्माणको कुनै गठबन्धनमा नलागि तटस्थ बसेको व्यहोरा जानकारी गराउँछु’ थापाले भने ।

संसदीय दलका नेताबाट हटाइएका थापा भने अहिले आफ्नो घर बागलुङ जैमिनी पुगिसकेका छन् । आफूलाई कारबाही गर्ने बारे स्पष्टिकरण कसैले पनि नसोधेको उनले बताए ।

‘खै मलाई स्पष्टिकरणको बारेमा कसैले सोधेन, कारबाही गर्ने भन्ने त सुनेथें मिडियामा,’ उनले भने ।

थापा एकाबिहानै बागलुङ गएका थिए । उनी हस्ताक्षर गर्न दबाब धेरै आएपछि बागलुङ गएको बताउँछन् । ‘पोखरामा धेरै दबाब दिए, बागलुङको अवस्था बुझ्नु पर्‍यो नि, म त बिहानै घर आएँ,’ उनले भने । आफूले मंगलबार पार्टी महासचिव मनोज भट्टसँग भेट्दा धेरै दबाब आफूलाई दिइएको बताए ।

राष्ट्रिय जनमोर्चा पार्टीले कृष्ण थापालाई गण्डकी संसदीय दलको नेताबाट हटाएको थियो । कांग्रेसको नेतृत्वमा सरकार बनाउन हस्ताक्षर गर्न नमानेपछि उनलाई संसदीय दलको नेताबाट हटाइएको अर्की सांसद पियारी थापाले जानकारी दिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार