दूरसञ्चार कम्पनी सञ्चालकमा शङ्कर लामिछाने निर्वाचित

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको संचालकमा शंकर लामिछाने निर्वाचित भएका छन् । नेपाल दूरसंचार कम्पनी(नेपाल टेलिकम) को सञ्चालक सदस्यमा निर्वाचित भएका छन् ।

नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको केन्द्रीय कार्यायलमा शनिवार भएको निर्वाचनमा उनी सबैभन्दा बढी मत प्राप्त गरी सञ्चालक पदमा निर्वाचित भएका हुन् । लामिछाने दाङ दंगीशरण–५, हेकुलीका हुन् ।

उक्त पदका लागि आठ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये लामिछाने सर्वाधिक २१ सय १६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार