सर्लाहीको ईश्वरपुरमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। ईश्वरपुर नगरपालिका–७ मा करेन्ट लाग्दा ईश्वरपुर ९ का ४० वर्षीय मनोज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
करेन्ट लाग्दा उनको घटनाएस्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्। करेन्ट लागेर अचेत भएका चौधरीलाई उपचारका लागि तत्कालै बयलवासमा रहेको एक स्वास्थ्य संस्थामा पुर्याइएको थियो। उनलाई चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए।
चौरी मदिरा उत्पादन गर्ने स्कट एण्ड स्कर्टस् नेपाल प्रालिका मजदुर हुन्। बिग्रिएको मोटर बनाउनेक्रममा उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय केशरजञ्ज, ईश्वरपुले जनाएको छ।