कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन : तीन मन्त्री थपिए

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जामन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मालाई नियुक्ति सिफारिस गरेका छन् ।

उनीहरुले बुधबार नै मन्त्रीका रुपमा सपथ लिने स्रोतको भनाइ छ । भौतिक पूर्वाधार मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालय बनाएर नेपालीलाई मन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आज बिहान बसेको मन्त्रिपरिषदको बैठकमा राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहीले दुवै मन्त्रीको राजीनामा स्वीकृत गरिसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार