उपत्यकालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का उपत्यकाबाहिर पनि महशुस

शनिबार बिहान भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर गएको भूकम्पले धेरैलाई त्रसाएको छ । लामो समयपछि उपत्यकाभित्रै केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का ठुलै महशुस भएको थियो । भूकम्पका कारण उपत्यकावासी घरबाहिर समेत निस्किएका थिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍।७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको त्यहाँ रहेका टिभी अन्नपूर्ण संवाददाताहरुले जानकारी गराएका छन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार