मुग्लिन-आँबुखैरेनी सडक एकतर्फी रुपमा सञ्चालन

मुग्लिन–आँबुखैरेनी सडक भासिएको ठाउँमा पहरो काटेर एकतर्फी सञ्चालन गरिएको छ। अहिले माइक्रोबस सम्मका सवारी साधन एकतर्फी रूपमा चलाउन सुरू गरिएको छ।

सडक भासिएको ठाउँमा अब के गर्ने भन्ने अध्ययन गर्न विभागका इन्जिनियरहरूको टोली स्थलगत निरीक्षणमा गएको छ ।
‘उक्त ठाउँमा बेलिब्रिज हाल्न मिल्दैन। तलैबाट पर्खाल लगाउने विकल्प छ। बर्खाको समय भएकाले अहिले त्यो काम गर्न जोखिम हुन्छ’ सडक डिभिजन दमौलीकी प्रमुख सिडिई लक्ष्मी केसीले भनिन् ।

पहरो काटेर सडक बनाउने विकल्प पनि रहेको उनले बताइन्। मुग्लिन–आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडकमा शुक्रबार बिहान सडक भासिएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार