राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो

गण्डकी प्रदेशसभा अन्तर्गत राष्ट्रिय जनमोर्चा पार्टीको संसदीय दलको नेता कृष्ण थापालाई दलको नेताबाट हटाइएको छ । पार्टीको निर्देशनविपरीत काम गरेको भन्दै जनमोर्चाले प्रदेशका सांसद थापालाई दलको नेताको हटाएको हो ।

महासचिव मनोज भट्टद्वारा हस्ताक्षरित पत्रमा थापालाई तत्काल दलको नेताबाट हटाइ सो विवरणको पत्र सचेतकमार्फत संसद सचिवालयमा बुझाउने निर्णय गरिएको बताइएको छ । जनमोर्चाको संसदीय दलको बैठकले नयाँ सरकार निर्माण गर्ने कार्यलाई समर्थन गर्ने गरी भएको निर्णयविरुद्धको काम कारवाहीमा थापा संलग्न रहेको बताएको छ ।

थापालाई पार्टीले बिहान स्पष्टिकरण सोधेको थियो । थापाले चित्त बुझ्दो जवाफ नदिएपछि दलको नेताबाट हटाएको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार