आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न अमेरिकाको सुझाव

अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ । नेपालमा कोभिड-१९ को संक्रमण ठूलो संख्यामा बढिरहेको भन्दै सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले नेपाललाई लेभल फोरमा अर्थात् भ्रमण नगर्न सुझाव दिने देशको सूचीमा राखेको हो । कोभिड-१९ को संक्रमण निकै जोखिमपूर्ण अवस्थामा रहेको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ ।

यसैबिच नेपालस्थित अमेरिकी दूतावासले सरकारसँग नेपालमा रहेका आफ्ना नागरिकलाई चार्टर्ड विमानको सहयोगमा अमेरिका लैजाने प्रस्ताव गरेको छ । तर, यस विषयमा सरकारले कुनै जवाफ नदिएको दूतावासले बताएको छ । नेपालले यसअघि नै सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार