प्रतिनिधि सभा बैठकबाट दुई विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकले दुई विधेयक स्वीकृत गरेको छ ।बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले प्रस्तुत गरेको ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ सर्वसम्मतले स्वीकृत गरेको हो ।

बैठकले दुई विधेयकलाई सर्वसम्मतले स्वीकृत गर्दै दफाबार छलफलका लागि विधेयक संसदीय समितिमा पठाइएको छ । दफावार छलफलका लागि समितिमा पठाइएसँगै सांसदहरुले संशोधन प्रस्ताव राख्न सक्नेछन् ।

ती संशोधन प्रस्तावहरुमाथि समेत संसदीय समितिमा नै छलफल हुनेछ । संसदीय समितिले दफावार छलफल सकाएर विधेयक प्रतिवेदन फेरि संसदमा पठाउने छ । उक्त प्रतिवेदनसहितको विधेयक प्रतिनिधि सभाले पास गरेपछि राष्ट्रिय सभामा जान्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार