कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा, दुई थपिँदै

आजै सपथग्रहणको कार्यक्रम तय हुने

कर्णाली प्रदेशका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री विमला केसी र आर्थिक मामिलामन्त्री नरेश भण्डारीले बुधबार पदबाट राजीनामा दिएको स्रोतले बतायो । राजीनामा दिनेहरु माओवादी केन्द्रका मन्त्रीहरु रहेका छन् ।

यसैबिच रिक्त स्थानमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्ट रहेको मुख्यमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । प्रदेश प्रमुखको कार्यालयसँग आवश्यक सल्लाहपश्चात सपथग्रहणको कार्यक्रम तय हुने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार