पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा सडक भासिएको ठाउँमा फेला दुई मध्ये एकजनाको शव पहिचान भएको छ ।
मृतक गोरखाको छोप्राक–३ घर भएर आबुखैरेनी बस्ने केशव घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घिमिरे आबु खैरेनीबाट मुग्लिन जाँदै थिए ।
मर्स्याङ्दी नदीमा फेला परेको अर्को एउटा शव सशस्त्र प्रहरीले निकालेको छ । सो शवको पहिचान हुन सकेको छैन । घटनास्थलमा सेना, सशस्त्र प्रहरी बल र प्रहरीको टिम परिचालन गरिएको छ ।
सडक भासिँदा बा १० च ४६७९ नम्बरको कार पुरिएको छ । सो कार सुरक्षाकर्मीहरुले निकाल्ने प्रयास गरिरहेका छन् । सडक भासिँदा मोटरसाइकल पनि खसेको थियो । मोटरसाइकल चालकलाई भने प्रहरीले सकुशल उद्धार गरेको थियो ।