पार्टीले एक असल र निष्ठावान् नेता चौलागाईँलाई गुमायो : प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशसभाका सदस्य तथा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै यस दुःखद् घडीमा चौलागाईंप्रति श्रद्धासुमन अर्पणका साथ उनको निधनबाट शोकमा परेका आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेका छन् ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले चौलागाईंको निधनबाट पार्टीले एक असल र निष्ठावान् नेता तथा दोलखाका जनताले इमान्दार जनप्रतिनिधि गुमाएको बताएका छन् ।

कोभिड–१९ को सङ्क्रमणले मङ्गलबार चौलागाईंको निधन भएको थियो । प्रधानमन्त्रीले भद्र, शालीन, मिलनसार छवि बनाएका चौलागाईंले जनताप्रति समर्पित जनप्रतिनिधिको भूमिका निर्वाह गरेको उल्लेख गरे । “एमालेको नेतृत्वमा भएको मुलुकको लोकतान्त्रिक, प्रगतिशील आन्दोलन र समृद्ध मुलुक निर्माणको अभियानमा उनले पु¥याएको योगदानलाई पार्टीले सधैँ स्मरण गर्नेछ”, विज्ञप्तिमा उनले भनेका छन् । चौलागाईं प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य र तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्षसमेत रहेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार