लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममाथि भोलिदेखि छलफल सुरु हुने भएको छ । प्रदेश सरकारले बुधवार सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि भोलिदेखि छलफल हुने लागेको हो ।
बिहीबार बसेको प्रदेशसभा बैठकमा सञ्चार र प्रहरी सेवा सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयकलाई विषयगत समितिमा पठाउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक राम शर्माले प्रस्तुत गरेको विधेयकमाथिको प्रस्तावलाई प्रदेशसभाबाट पारित गरी विषयगत समितिमा पठाएको हो ।