मन्त्री हेरफेरलगत्तै केही पार्टी विभाजन हुने डर छ- मेटमणि चाैधरी

पछिल्लो समय मुलुकमा दुई वटा कुराहरुले चर्चा पाएका छन् । पहिलो कुरा हो मन्त्री फेरबदल र अर्को कुरा हो प्रधानमन्त्रीको प्रस्ताव ।
मन्त्रीहरुको हेरफेरको विषयमा यो साता बढी चर्चा भयो । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले आफ्ना मन्त्रीहरु हेरेफेर गर्ने निर्णय सचिवालय बैठकबाट ग¥यो । बैठकले मेटमणि चौधरीलाई सहरी विकासमन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शेरबहादुर कुँवरलाई श्रम तथा सामाजिक सुरक्षा र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने गरी सिफारिस गर्ने निर्णय ग¥यो । उक्त निर्णय भएको २४ घण्टा नबित्दै उल्टियो । सपथका लागि तयार रहेका नेताहरु निराश बने । यसले पार्टी भित्र विवाद सिर्जना ग¥यो । मन्त्रीबाट फिर्ता बोलाइएका र मन्त्रीको सपथ ग्रहण गर्न नपाएकाहरु असन्तुष्ट देखिए ।

चर्चामा रहेको अर्को विषय सत्तारुढ गठबन्धनका दुई नेता प्रचण्ड र माधव कुमार नेपालले आफूलाई प्रधानमन्त्री बन्नका लागि प्रस्ताव आएको सार्वजनिक रुपमा नै बताए । यसले सत्तागठबन्धनमा हलचल नै मच्चायो । संघीय निर्वाचनसम्म गठबन्धनलाई जोगाउने र प्रधानमन्त्री बन्ने सपना बुनेका प्रधानमन्त्री देउवा झस्किए ।

यी दुई विषयलाई केन्द्रमा राखेर सहरी विकासमन्त्रीका रुपमा एकीकृत समाजवादीले सिफारिस गरेका नेता मेटमणी चौधरीसँग कुराकानी गरेका र्छौ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सम्पादीत अंश:

मन्त्रीको सपथ लिनका लागि तयार रहेका बेला एकाएक निर्णय परिवर्तन गर्यो यसलाई कसरी लिनुभएको छ ?
अहिले पाँच दलीय गठबन्धनको सरकार छ । हामीले लोसपालाई पनि सरकारमा सहभागी गराउँने प्रयासमा र्छौ । एकीकृत समाजवादीले मन्त्रीको नाम सिफारिस गरेपछि अरु पार्टीलाई पनि मन्त्रीको नाम पठाउन दबाव सिर्जना भयो । जसपा फुटको अवस्था सम्म पुगेको थियो । र शिर्ष नेताहरु बसेर समस्या समाधानका लागि मन्त्रीको सपथ केहि दिनका लागि पछि सार्नु भयो । अब केहि दिनमा नै मन्त्रीको सपथ लिन्छौँ ।

अहिले नै मन्त्री परिवर्तन गर्नु आवश्यकता हो कि पार्टीले यहाँको इच्छा पुरा गराइदिनका लागि मात्र मन्त्री बनाउन लागेको ?
अहिलेका मन्त्रीहरुलाई नियुक्त गर्दा नै एक किसिमको सम्झौता भएको थियो । उनीहरुका कार्यकाल छ महिना मात्रै थियो । अर्को कुरा पार्टीले आवश्यकताको महसुस गर्यो । यो भनेको मन्त्री असफल भए भनेको होइन । पार्टीले कुनै न कुनै रुपमा मन्त्री परिवर्तनको आवश्यकता महसुस गर्यो र निर्णय गर्यो । यसलाई पार्टीका सबै नेता कार्यकर्ताले स्वीकार गर्नुपर्छ । जे हुन्छ देश र जनताको हितका लागि हुन्छ ।

तपाई मन्त्री भएपछि केके गर्नु हुन्छ ? तपाईको प्राथामिकतामा केके छन् ?
काठमाडौं महानगरको सबैभन्दा ठूलो समस्या अहिले फोहोर हो । यहाँको फोहोर व्यवस्थापन गर्नु मेरो पहिलो प्राथामिकतामा हुनेछ । भने अव्यवस्थीत सहरीकरणलाई पनि व्यवस्थीत बनाउन लाग्ने छौ । हामी जनताको सेवा गर्ने हो । लगातार जनताको सेवा गर्छौ । थोरै समयमा महत्वपूर्ण काम गर्ने मेरो प्राथामिकता हुनेछ । जनतालाई महसुस हुने गरि काम गर्छौ । देशभरिका शहरमा देखिएका समस्या समाधान गर्न म लागि पर्ने छु ।

यसभन्दा पहिले पनि मन्त्रीपरिषद गठन हुँदा मन्त्री हुनेमा तपाईको चर्चा थियो । यो पटक सपथ ग्रहणमा जानै लाग्दा पार्टीले निर्णय फिर्ता लियो । तपाईलाई किन यसरी पार्टीले बारम्बार झुक्याइ रहेको छ ? के तपाईको इमानदारी पार्टीका नेताहरुले कम्जोरीका रुपमा लिएका छन् ?
अरु मेरो इमानदारीलाई कम्जोरीका रुपमा पनि लिन सक्छन् । तर पार्टीले त्यसो गरेको छैन । यसभन्दा पहिले नयाँ पार्टी मजबुत बनाउनु पर्ने थियो । पार्टी भित्र सबैको चित्त बुझाउनु पर्ने थियो । र मेरो नाम सिफारिस भएपनि काटियो । म त्यस बेला खुशी नै थिए । अहिले पनि केहि दिनको समय समस्या समाधानका लागि लागेको हो । मेरो विरोध कसैले गर्नु भएको छैन । नेता भइसकेपछि सबै परिस्थितीको सामाना गर्न सक्नु पर्छ । यसलाई मैले सामान्य रुपमा लिएको छ ।

अहिले मन्त्री भइराखेकाहरुलाई फिर्ता बोलाउँदा पार्टी छोड्ने डर कत्तिको छ ?
हाम्रो पार्टीमा त्यस्को सम्भावना छैन । मन्त्री भइराखेकाहरुलाई फिर्ता बोलाउँदा पार्टी छोड्ने कुरा सोच्न नसकिने कुरा हो । देश र पार्टीका लागि आवश्यक नेताहरुले सामान्य कुरामा चित्त दुखाएर पार्टी छोड्नु हुन्न । यसमा म र हाम्रो पार्टी ढुक्क छौँ । उहाँलाई मन्त्रीमा सिफारिस गर्दा नै ६ महिने कार्यकाल तोकेको थियो । यो कुरा उहाँहरुलाई पनि जानकारी छ । र उहाँहरु फिर्ता आउने कुरामा पनि सकारात्मक हुनुहुन्छ ।

तपाईको पार्टी एकीकृत समाजवादी भन्दा त अहिलेका बाहालवाला मन्त्री बलिया देखिए नि है ?
पार्टी भन्दा मन्त्री बलियो हुने कुरा त कसरी सम्भव हुन्छ र ? अहिलेका मन्त्रीहरु फिर्ता हुन तयार हुनुहुन्छ । तर बजेटमा छलफल गर्न पाउनु पर्छ भन्ने उहाँहरुले कुरा राख्नु भएको छ । त्यो ठिक हो । त्यसलाई हामीले अन्यथा लिनु हुँदैन । तर पार्टीले गरेको निर्णयलाई उहाँहरुले तत्काल मान्नुपथ्र्यो । त्यसो भएन । यसलाई पार्टीले समीक्षा गर्नु पर्छ ।

पार्टी भित्रको अवस्था अहिले कस्तो छ ? अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको सम्बन्ध चिसिएको चर्चा हुन थालेका छन् । यसमा कत्तिको सत्यता छ ?
एउटा जिउँदो पार्टी भित्र निरन्तर छलफल हुनुपर्छ । र छफलका क्रममा फरक फरक विचार आउँछ । त्यसलाई सम्बन्ध चिसिएको अर्थ लगाउँनु हुँदैन । छलफल हुनु, विचार फरक आउनु प्राकृतिक कुरा हो । पार्टी भित्र निरन्तर छलफल हुनुपर्छ । तब मात्र हामी बलियो बन्छौँ । हामी पार्टीलाई अझ मजबुत बनाएर अगाडी बढ्ने भन्ने कुरामा एकतावद्ध छौँ ।

तपाईको पार्टीका अध्यक्ष माधव नेपालले केहि दिन अघि मलाई प्रधानमन्त्री बन्ने लोभ देखाइदै छ भन्नु भएको थियो । खास कस्ले प्रधानमन्त्री बन्न लागि माधव नेपाललाई प्रस्ताव गरेको रहेछ ?
यो विषयमा मलाई त्यत्ति धेरै जानकारी छैन । तर स्थानीय तह निर्वाचनको मतपरिणाम आइरहँदा एमालेका दुई नेता माओवादीका अध्यक्ष प्रचण्डलाई भेट्न गएका थिए । उनीहरुले प्रचण्डलाई प्रधानमन्त्री बन्नका लागि प्रस्ताव राखेका थिए भनेर हामीलाई माओवादीका नेताहरुले जानकारी दिनुभएको थियो । उनीहरुले गरेको प्रस्ताव प्रचण्डले अस्वीकार गर्नु भएको थियो । त्यहि रुपमा नै हाम्रो अध्यक्ष माधव नेपाललाई पनि प्रस्ताव आएको हुनसक्छ । यस विषयमा माधव नेपालले पार्टी भित्र छलफल गर्नु भएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार