बञ्चरेडाँडामा आज पनि स्थानीय र प्रहरीबीच झडप, फोहोर नफाली फर्किए टिपर

काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडामा पुगेका टिपरहरू फर्किएका छन् । बुधबार पनि स्थानीयले फोहोर बोकेर पुगेका टिपर तोडफोड गर्न थालेपछि फर्किएका हुन् ।

प्रहरी नै परिचालन गरी बञ्चरेडाँडामा फोहोरको टिपर लगिए पनि स्थानीयले ढुंगामुढा गरेपछि टिपर तोडफोड हुनसक्ने भन्दै फोहोरसहित फर्काइएको हो ।त्यहाँका स्थानीयहरू बञ्चरेडाँडामा कुनै हालतमा फोहोर फाल्न नदिने अडान राखेका छन्।

मंगलबार पनि प्रहरीले आफूहरुमाथि बल प्रयोग गरेको भन्दै आक्रोशित स्थानीयले आज फोहोर फाल्न नदिने अडान राखेका छन्। फोहोर बोकेर बन्चरेडाँडा गएका सवारी साधनलाई स्थानीयले बीचमै रोकेका थिए ।

यता काठमाडौंका सडक गल्लीहरुमा करिब दुई सातादेखि फोहोर उठ्न सकेको छैन। राजधानी दिनप्रतिदिन दुर्गन्धित हुँदै गएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार