काठमाडौंमा भेरोसेल खोप दोस्रो डोज लगाउने स्थान तोकियो

चीनले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज जेठ २ गतेबाट लगाउन थालिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७८/०१/२२ गतेको निर्णय अनुसार स्वास्थ्य कार्यालय काठमाडौंले यही जेठ २ गते देखि खोपको दोस्रो मात्रा लगाउने तालिका सार्वजनिक गरेको छ ।

जसका लागि काठमाडौं जिल्ला भित्रका काठमाडौं महानगरमा ३२ खोप केन्द्र, कीर्तिपुरमा नगारपालिकामा दुई, चन्द्रागिरीमा तीन, नागार्जुनमा दुई र तारकेश्वर नगरपालिकामा एक वटा खोप केन्द्र रहने छन् । त्यस्तै टोखा नागरपालिकामा २, बुढानिलकण्ठमा २, गोकर्णेश्वरमा २, शंखरापुरामा १ र कागेश्वरी मनोहरा नगरपालिकमा १ खोप केन्द्र तोकिएको छ ।

कोभिड १९ विरुद्धको खोप अभियान कार्यक्रम संचालन निर्देशिका २०७७ बमोजिम खोप लगाइने छ । यसअघि खोप लगाएकाहरुलाई भेरोसेल दोश्रो मात्रा लगाइने छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार