प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संसद्मा तत्काल अगाडि बढाउन माग गरेको छ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खगराज अधिकारीले महाभियोग प्रस्ताव अगाडि बढाउन माग गरे । उनले किन रोकेको ? भन्दै प्रश्न समेत गरेका छन् ।
उनले भने, ‘महाभियोग प्रस्ताव असरल्ल पार्न ल्याइएको कि फैसला गर्न ल्याइएको तुरुन्त अगाडि बढाइयोस्।’ निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध पाँच दलीय गठबन्धनको तर्फबाट संसदमा महाभियोग दर्ता भएको थियो।
त्यस्तै, उनले त्रिभुवन विश्वविद्यालय गृहमन्त्री बालकृष्ण खाँणकै निर्देशनमा गुण्डागर्दीको कारणले तालाबन्दीको शिकार भएको आरोप लगाए।