ट्वीटर नकिन्ने एलन मस्कको संकेत

विश्वका सबैभन्दा धनाढ्य व्यक्ति एलन मस्क र सोसल मिडिया प्लाटफर्म ट्वीटर यो वर्षको सुरुवातदेखि नै चर्चामा रहँदै आएका छन् । ट्वीटरमा रहेका फेक अकाउन्टहरुको तथ्यांक प्रष्ट रुपमा उपलब्ध गराउन माग गर्दै उनले यदि कम्पनीले त्यस्तो डाटा उपलब्ध नगराएमा आफूले ट्वीटर खरीद नगर्ने बताएका हुन् ।

सुरुमा ट्वीटर कम्पनीको १० प्रतिशत शेयर किनेर तहल्का मच्चाएका एलन मस्कले पछि ट्वीटर कम्पनी नै खरीद गर्ने प्रस्ताव गरेपछि धेरैले यसलाई पत्याएनन् । तर ट्वीटरको बोर्डले नै मस्कको प्रस्ताव बमोजिम कम्पनी बिक्री गर्ने निर्णय गरेपछि मस्क र ट्वीटरबीच कम्पनी खरीदको समझदारी भयो ।

तर पछिल्लो समय मस्कले ट्वीटर खरीदको समझदारीबाट पछि हट्ने संकेत गरिरहेका छन् । उनले ट्वीटरसँग भएको सम्झौता भंग गर्ने चेतावनी नै दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार