नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चलाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जेठ २३ मा उनले जिल्ला अदालत परिसरमा १ राउण्ड फायर गरेका प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।
पक्राउ पर्नेमा सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षीय हर्षराम यादव छन् । आरोपीलाई सुनवल नगरपालिका–९ स्थित बनकट्टीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादवको साथबाट एकथान अमेरिकन पेस्तोल र म्यागेजिन बरामद गरिएको छ ।
आरोपीले उनकै काकी ३० वर्षीया रोशनी यादवलाई लक्षित गरेर गोली चलाएका थिए । उनीहरुको अंशवण्डा मुद्दा जिल्ला अदालतमा चलिरहेको छ । काकी रोशनी सकुशल छिन् ।