बैंकिङ कसुर मुद्दाका फरार दुई जना पक्राउ

प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार दुई जनालाई पक्राउ गरेको छ। पीडितलाई बैंकमा पर्याप्त रकम नभएको चेक काटेर दिएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका १७ घर भई बानेश्वर बस्ने ४२ वर्षीया कविता सुब्बा र सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका ९ घर भई बानेश्वर बस्ने ३९ वर्षीया लिना श्रेष्ठ गिरी रहेका छन् ।

उनीहरूले पीडितलाई बैंकमा पर्याप्त रकम नभएको चेक काटेर दिएका थिए। उक्त चेक बाउन्स भएपछि पीडितले जाहेरी दिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूलाई मंगलबार कालोपुल र नयाँबस्तीबाट पक्राउ गरेको हो।

उच्च अदालत पाटनले बैंकिङ कसुरमा कवितालाई १५ दिन कैद र ५० लाख जरिवाना हुने फैसला सुनाएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार