मंगलबार थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि

एकै दिन २२५ जनाको मृत्यु

नेपालमा मंगलबार थप ९ हजार ४ सय ८३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ५५६ पीसीआर र ७२० वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २२५ जनाको मृत्यु भएको छ । दैनिक मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च संख्या हो । हालसम्म कोरोनाका कारण ४ हजार ८४ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ५ हजार २२५ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म तीन लाख १२ हजार १९ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ९७ हजार ८ सक्रिय संक्रमित रहेका छन् भने ४४८ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २६ लाख ७२ हजार ७२६ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार