अब जन्ती १० जनामात्रै, पार्टी प्यालेसमा विवहा गर्न नपाईने

अत्यावश्यक खाद्य वस्तुका पसल बिहान १० बजेसम्म खोल्न पाउने

बुधबारदेखि काठमाडौं उपत्यकाका पार्टी प्यालेसमा विवहा गर्न नपाईने भएको छ । यसअघि १५ जनासम्म जन्ती सहभागी हुन नपाउने नियमलाई परिवर्तन गरेर उपत्यकाका तिनवटै जिल्ला प्रशासनले १० जना मात्रै सहभागी हुन मिल्ने र पार्टी प्यालेसमा विवहा नै गर्न नपाउने निर्णय गरेको हो । यसअघि ९ बजेसम्म मात्रै खोल्न पाउने अत्यावश्यक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्म खोल्न पाइने भएको छ। मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक उपभोग्य वस्तुका पसल १० बजेसम्म खोल्न पाउने निर्णय गरेको काठमाण्डौका जिल्ला प्रशासन अधिकारी कालि प्रसाद पराजुलीले जानकारी दिएका छन ।

‘अत्यावश्यक खाद्य वस्तुका पसल बिहान १० बजेसम्म खोल्न पाउने गरी निर्णय भएको छ’, भट्टराईले भने, ‘पसलमा भौतिक दूरी कायम गरेर मात्र किनमेल गर्न अनुरोध छ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार