कालिमाटी तरकारी बजार आजदेखि बन्द

कालिमाटी फलफूल तथा तरकारी बजार आजदेखि निषेधाज्ञा अवधिभरि बन्द हुने भएको छ । मंगलबार कालिमाटी बजार विकास समितिले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभरि बजार बन्द गरिने जनाएको हो ।

कोभिड(१९ को जोखिम न्यूनिकरणका लागि समितिले खुद्रा तथा कृषक बजार बन्द गर्ने निर्णय गरेको हो । समितिका अनुसार थोक बजारमा प्याकेजिङ गरेर बिक्री वितरण गर्न पाइने छ । थोक पसलमा अधिकतम दुईजना बसी सामाजिक दूरी कायम गरेर बिक्री वितरण गर्न सकिनेछ ।

बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेलागाडा लैजान पाइने छैन । ठूला कृषकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्ड वा होल्डिङ यार्डमा कारोबार गर्न सक्ने समितिले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार