गण्डकी प्रदेशमा थप ११ जनाको कोरोना संकमणबाट मृत्यु

गण्डकी प्रदेशमा थप ११ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराका विभिन्न अस्पतालहरुमा उपचाररत १० जना र १ जनाको होमआइसोलेसनमा गरी ११ जनाको मृत्यु भएको हो । योसँगै प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८७ पुगेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ का ५२ वर्षीया महिलाको हिजो राति मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको छ । उनलाई बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–१७ का ८४ वर्षीय पुरुषको हिजो राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा मृत्यु भएको छ । उनलाई बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जा जिल्लाको भिरकोट नगरपालिका–१ का ६८ वर्षीय पुरुषको हिजो राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा मृत्यु भएको छ । उनलाई बैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तनहुँ जिल्लाको व्यास नगरपालिका–१ का ५७ वर्षीया महिलाको हिजो बिहान पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा मृत्यु भएको छ । उनलाई बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–१६ का ६० वर्षीया महिलाको हिजो दिउसो पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा मृत्यु भएको छ । उनलाई बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

रुपन्देही जिल्लाको बुटवल नगरपालिका–११ का ५५ वर्षीया महिलाको हिजो राति मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको छ । उनलाई बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–६ का ५२ वर्षीया पुरुषको हिजो राति फिस्टेल अस्पताल पोखरामा मृत्यु भएको छ । उनलाई बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–२१ का ८० वर्षीया पुरुषको हिजो राति होम आइसोलेसनमा मृत्यु भएको छ । उनलाई बैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–६ की ३२ वर्षीय महिलाको हिजो राति गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई बैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–१ का ४० वर्षीया पुरुषको आज बिहान चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको छ । उनलाई बैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको हिजो राति मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको छ । उनलाई बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार