टेकु अस्पतालमा कोरोना परीक्षण स्थगित

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) ले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ । अस्पतालले मंगलबार सूचना सार्वजनिक गर्दै विशेष कारणबस पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको छ ।

अस्पतालले विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि परीक्षण बन्द गरिएको जनाएको छ ।

‘विशेष कारणवश अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिँदै आइको पिसिआर परिक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ,’ सूचनामा लेखिएको छ । अस्पतालले पछिल्लो समय कोरोना संक्रमितको मात्रै उपचार गर्दै आइरहेको छ ।

Loading...