सुनको मूल्य बढ्यो, कति पुग्यो आज तोलाको ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको मूल्य आज तोलामा तीन सयले बढेको हो । महासंघका अनुसार आजका लागि सुनको मूल्य ९२ हजार ३ सय कायम भएको छ ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ रहेको छ । हिजो तेजावी सुनको मूल्य ९१ हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्‍य भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार