अनसन बस्ने सेयर बजारका लगानीकर्ताको चेतावनी

काठमाडौं । हालै संसदमा प्रस्तुत आव ०७९/०८० को बजेटले सम्बोधन नगरेपछि सेयर बजार निरन्तररुपमा आरालो लाग्दै गएको छ । यसै सन्दर्भमा पुँजी बजार सुधारका लागि संघर्ष समिति समेत गठन भएको छ । समितिले आन्दोलन गर्ने घोषणा समेत गरेको छ ।

तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठनसहित दबाबमुलक कार्यक्रम गर्ने घोषण गरेको हो । सरकारले साढे तीन बर्ष अघि नै गरिसक्छु भनेका कामहरु नहुँदा पूँजी बजारमा गंभीर संकट आएको भन्दै सरकासँग १९ बुंदे माग राखेको छ ।

असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा समितिले गरेको छ । सो अनशनअघि लगानीकर्ताहरुले शान्तिपूर्ण कार्यक्रम गर्ने घोषणा गरेका छन् ।

काठमाडौको भृकुटीमण्डपमा हालै भएको एक सय भन्दा बढी लगानीकर्ताको भेलाले पूँजी बजार सुधार र बिस्तारका लागि दबाबमुलक कार्यक्रमहरु गर्ने निर्णय गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार