आज विश्व वातावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। पर्यावरणप्रति विश्वस्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उदेश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि यो दिवश मनाउन सुरु गरिएको हो।
यस वर्ष ‘दिगो प्रकृतिमैत्री जीवनयापन, पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ। सन् १९७२ को जुन ५ देखि जुन १६ सम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो। सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ को जुन ५ मा पहिलोपटक विश्व वतावरण दिवस मनाउन सुरु गरिएको हो।
दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले विश्वव्यापी संकटको स्वरुप ग्रहण गरिरहेको बताएकी छन्। विश्व वातावरण दिवसको अवसरमा शन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले पृथ्वीको संरक्षण गर्दै सबै खाले प्राकृतिक स्रोतको दिगो विकासका लागि वीवनशैलीमा परिवर्तन ल्याई स्वस्छ र हरित मानवीय पद्दतिको विकास गर्ने कुरा आजको मुख्य चुनौती रहेको उल्लेख गरेकी छन्।