नेसन्स लिग फुटबलको आफ्नो पहिलो खेलमा इटालीले जर्मनीसँग १–१ गोलको बराबरी खेलेको छ। खेलमा इटालीले अधिकांश नयाँ खेलाडीलाई अवसर दिएको थियो। केहि दिन अघि अर्जेन्टिनासँग ३–० गोलले इटाली पराजित भएको थियो ।
युरोपियन च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच भएको भिडन्तमा अर्जेन्टिनाले शानदार जित हात पारेको थियो। इटाली यसै वर्ष कतारमा हुने विश्वकपमा देखिने छैन। महादेशीय छनोटबाटै बाहिरिएको थियो।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा भने इटालीले युवा र नयाँ खेलाडीसहित जोशिलो प्रदर्शन गरेको थियो। ७० औँ मिनेटमा इटालीका लोरेन्जो पेलग्रिनीले गोल गर्दैं अग्रता दिलाएका थिए।