भारतिय गायक तथा काँग्रेस आईका नेता सिद्धु मुसेवालाको हत्यारा नेपालमा लुकेको आंशका गरिएको छ । हत्यारा खोज्न भन्दै ‘दिल्ली स्पेशल सेल’को टिम काठमाडौंमा आएको आएको छ ।
दिल्लीबाट आएको उक्त टिमसँग नेपाल प्रहरीको विशेष ब्यूरोका अधिकृतहरूले सहकार्य गरिरहेका छन् । मुसेवालाको हत्याको जिम्मा लरेन्स बिश्रोई ग्याङस्टारले लिएको छ । हत्यामा संलग्न आरोपीहरु नेपाल आएर लुकेको सुराकका आधारमा स्पेशल सेटको टिम काठमाडौं आएको हो ।
गत आईतबार पञ्जावी गायक तथा कांग्रेस आईका नेता मुसेवालाको पञ्जावको मनासा जिल्ला स्थित जवाहरेक गाउँमा हत्या भएको थियो । २८ वर्षीय मुसेवालालाई आक्रमणकारीहरुले ३० राउण्ड गोली हानेका थिए । गोली प्रहारबाट घाइते मुसेवालाको अस्पतालमा मृत्यु भएको थियो ।