एक करोड १९ लाख ठगी गरी फरार भएका केसी नयाँबजारबाट पक्राउ

ठगी आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–४ का ४८ वर्षीय जीवनकुमार केसी रहेका छन् ।

उनी १ करोड १९ लाख ८५ हजार ५ सय रुपैयाँ ठगी गरेर फरार भएका थिए। उपभोक्ता हित संरक्षण समितिले केसी, रोजिना शाक्यसहितलाई विपक्षी बनाउँदै ठगीको कसुरमा जाहेरी दिएको थियो।जाहेरीपछि फरार रहेका केसीलाई शुक्रबार काठमाडौं नयाँबजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार