बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहलाई रिह गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ। पल शाहको पक्षमा हाम्रो टिम नेपालले शुक्रबार विभिन्न नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।
पल शाहलाई न्याय दे, पुरुष अधिकार सुनिश्चित गर, आरोप लाउँदैमा दोषी मान्ने प्रथा बन्द गर्, जस्ता नारा लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।बिहीबार उच्च अदालत पोखराले पनि अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्ने आदेश दिएको छ। तारिखमा रिहाइको माग गर्दै शाहले उच्च अदालत कास्कीमा निवेदन दिएका थिए।
जिल्ला अदालत तनहुँकै पुर्पक्षका लागि थुनामा पठाएको आदेशलाई उच्च अदालतले सदर गरेको हो।