बास्तोला र ओलीमा बुर्जुवा अराजकतावाद देखियो : विप्लव

नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीमा रुढीवादी, बुर्जुवा र अराजकतावादी प्रवृत्ति देखा परेको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा प्रेस विज्ञप्तिमार्फत विप्लवले बास्तोला र ओलीलाई पार्टी फुट परस्तको आरोप लगाएका हुन्।

‘स्थानीय तहको चुनावलाई बुझ्ने क्रममा सुदर्शन र कञ्चनमा रुढीवादी, बुर्जुवा अराजकतावादी र फुटवादी विचलन देखापर्यो ।’ प्रेस वक्तव्यमा विप्लवले भनेका छन्, ‘देशको श्रमिक जनताको नेतृत्व गर्ने सर्वोच्च निकाय राष्ट्रको जिम्मेवारी सम्हाल्ने संवेदनशील परिस्थितिमा अति अनुउत्तरदायी विचलन देखा पर्नु निकै दुःखदायी कुरा हो । यो विचलन व्यक्ति विशेष मात्रै नभएर अवस्तुवादी र अवैज्ञानिक विचारको अभिव्यक्ति हो । यो विचार वस्तु र चेतना बीचमा पैदा भएको अवस्तुवादी र अवैज्ञानिक विचारको पतन हो ।’ बास्तोला र ओलीमा लामो समयदेखि आर्थिक, संगठनात्मक राजनीतिक विकृतिहरु मौलाउन थालेको विज्ञप्तिमा उल्लेख छ ।

विप्लवले पार्टीबाट अलग भई नेकपा बहुमत गठन गरेका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले विवाद भएको हप्ता दिनमै झोला बोकेर हिँडेको बताए ।

‘पार्टीमा छलफल र बहस हुन्छ त्यत्तिकैमा आत्तिनु हुँदैन । विवाद भएको हप्तादिन भएको भएको छैन । अर्को हप्ता झोला बोकेर हिँडिहाल्ने यो कस्तो खालको लिडरसिपको चरित्र हो ?’ विप्लवले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार