काठमाडौं । नेपाल आयाल निगमले घरायासी र व्यावसायिक रुपमा प्रयोजन हुने ग्याँस सिलिन्डरको छुट्टा छुट्टै मूल्य निर्धारण गर्न उपसमित गठन गरेको छ । बिहीबार बसेको निगम सञ्चालक समिति बैठकले निगम सञ्चालक समितिका एक सदस्यले नेतृत्व गर्ने गरी उपसमिति गठन गरेको हो ।
उपसमितिको संयोजक तोक्न बाँकी रहेको निगमका नायव कार्यकारी निर्देशक शुसिल भट्टराईले जानकारी दिए । समितिमा ग्याँस व्यवसायी, रेष्टरेन्ट तथा होटल व्यवसायी, गुणस्तर, निगम र सरकारी प्रतिनिधिहरु रहन्छन् । केही दिनमा कार्यदलले पूर्णता पाउने र अध्ययन सुरु हुने निगमले जनाएको छ ।