देश दुई चार महिनामै श्रीलंकाको हालतमा पुग्छ : गोकुल बाँस्कोटा

नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले पेट्रोलियम पदार्थसहितका वस्तुमा भएको मूल्यवृद्धिप्रति सरकार रमिते बनेको आरोप लगाएका छन् । कर्णालीमा पेट्रोलियम पदार्थ उत्खनन् गर्ने विषय नीति तथा कार्यक्रममा नपरेको भन्दै उनले पेट्रोलियम पदार्थ र खाद्यान्नमा सबैभन्दा बढी डलर विदेशिने भएकाले दुई चार महिनामै श्रीलंकाको हालतमा पुग्ने चेतावनी दिए ।

शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सरकार व्यवस्थापक, निमयनकारी बन्न नसकेर रमिते बनेको आरोप लगाएका हुन् ।

‘सरकार व्यवस्थापक पनि होइन, नियमनकाकर्ता पनि होइन, व्यापारी पनि होइन, सरकार रमिते,’ उनले भने, सरकारलाई थाहा थिएन, रुस–युक्रेन युद्ध भएको कुरा भरखर थाहा पायो ? सरकारले यो थाहा पाएन कि अमेरिकाले ४५ अर्ब डलरको तेल रुससितै किनेको भन्ने कुरा थाहा पाएन ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार