बाजुराका शाही मूलपानीमा मृत भेटिए

काठमाडौंको मूलपानीमा एक युवक मृत भेटिएका छन्। बाजुरा बुढीगंगा गाउँपालिका ९ घर भई कोटेश्वर बस्दै आएका २२ वर्षीय धर्म शाही मृत अवस्थामा भेटिएका हुन । बिहीबार कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी लक्ष्मीनारायण मन्दिर पछाडि शाही मृतक भेटिएका थिए ।

शाही काँडाघारीस्थित मोटरसाइकल वर्कशपमा कार्यरत थिए। प्रहरीले पोस्टमर्टमका लागि शव पाटन अस्पताल पठाएको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार