माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रको भर्चुअल केन्द्रीय समिति बैठक स्थगित भएको छ । संसद बैठक जारी भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए ।

‘संसद बैठक जारी छ । अरु प्रक्रियागत संसदको विषय मिलाउनुपर्ने भयो ।’ ढकालले भने, ‘त्यसैले बेलुका बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भयो । अर्को बैठक कहिले बस्ने टुंगो छैन ।’

आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा जवाफ दिएर सक्ने कार्यक्रम छ । आज बस्ने भनिएको बैठकमा स्थानीय तहको समीक्षा, एमसीसी र केन्द्रीय समितिको पूर्णता दिने विषयमा छलफल हुने भनिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार