प्रचण्डको भनाइलाई महत्व दिनु पर्दैन : काँग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन्।स्थानीय तहको निर्वाचन समग्रमा सकारात्मक परिणाम आएको भन्दै उनले गठबन्धनको बैठकमा भएको निर्णयलाई आधार मान्न नेता कार्यकर्तालाई आग्रह गरे।

नेपाल प्रेस युनियन चितवनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले स्थानीय तहमा भएको गठबन्धन आउने निर्वाचनसम्म जाने बताएका हुन्। कांग्रेसले अहंकार कहिल्यै नराखेको भन्दै उनले गठबन्धन दलका नेताहरूले आफ्ना कार्यकर्तालाई प्रशिक्षणका क्रममा बोलेको कुराले खासै महत्व नराख्ने बताए।

उनले भने, ‘नेपाली कांग्रेस अहंकारको बाटोमा छँदै छैन, दाहालले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा भन्नुभयो होला, त्यसलाई धेरै महत्व दिनुपर्छ भन्ने लाग्दैन।’

यसअघि आफ्ना पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रममा प्रचण्डले एमालेलाई जस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआओस् भनेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार