मुग्लिङ–पोखरा सडक दैनिक पाँच घण्टा बन्द हुने

मुग्लिङ–पोखरा सडक दैनिक पाँच घण्टा बन्द गरिने भएको छ । मुग्लिङ–पोखरा सडक योजनाले एक सूचना जारी गर्दै आइतबारदेखि मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द गरिने जनाएको छ ।

याम्पा फाँट र घाँसीकुवा खण्डमा जेठ २२ गते आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म उक्त सडक खन्ने तयारी गरिएको छ । सो समयमा आवागमन बन्द गरिने सडक योजना तनहुँको सूचनामा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार