प्रतिनिधिसभामा मूल्य वृद्धिसम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको छ । पेट्रोलियम पदार्थसहितका वस्तुमा अस्वभाविक मूल्यवृद्धि गरिएको भन्दै संसदमा दर्ता गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई शुक्रबारको प्रतिनिधिसभाको बैठकमा प्रस्तावक विशाल भट्टराईले प्रस्तुत गरेका हुन् । साथै उक्त प्रस्तावको समर्थनमा गणेश कुमार पहाडी, राजेन्द्र प्रसाद लिङ्देन र दुर्गा गौडेलले रहेका छन् ।
बैठकमा प्रस्ताव पेस गरेका भट्टराई र समर्थनमा बोलेका सांसदहरुले अस्वभाविक रुपमा मूल्यवृद्धि भइरहँदा सरकारले बजार अनुगमनसमेत नगरेको आरोप लगाए । मूल्यवृद्धिका कारण जनजीवन कष्टकर बनिरहँदा मूल्यवृद्धि घटाउनुपर्ने उनीहरुको माग छ ।