एसिया कपको तयारीमा रहेको नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै

एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ । नेपालले कतारस्थित सुहिम बिन हामद स्टेडियममा ओमानविरुद्ध अभ्यास खेल खेल्न लागेको हो।

खेल राति ९:४५ मा सुरु हुने छ । यस अघि नेपालले मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको यू–२३ टोलीसँग २–२ गोलको बराबरी खेलेको थियो। यस्तै श्रीलंकासँग १–१ को बराबरी खेलेको नेपाल अन्तिम खेल जित निकाल्ने लक्ष्यमा हुने छ।

नेपाली टोली कतारमा अभ्यास पूरा गरेर प्रतियोगिताका लागि छनोट खेल्न कुवेत प्रस्थान गर्ने छ। छनोटमा नेपाल समूह ’ए’ मा रहेर प्रतिस्पर्धा गर्ने छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्। छनोट खेल आगामी ८ देखि १४ जुन सम्म हुँदै छ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्दा दोस्रो खेल ११ जुनमा कुवेतसँग खेल्ने छ। त्यस्तै १४ जुनमा इन्डोनेसियाविरुद्ध आफ्नो अर्को खेल खेल्ने छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार