गठबन्धनले देश र जनताको हित गर्दैन : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विपरीत वैचारिकको गठबन्धन महत्त्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुने धारणा राखेका छन्। स्थानीय चुनावमा जस्तै संघ र प्रदेशको निर्वाचनमा पनि पाँचदलीय गठबन्धनलाई निरन्तरता दिने चर्चा चलिरहँदा भट्टराईले यस्तो धारणा राखेका हुन्।

गएराति सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले ुविपरीत विचारको गठबन्धन सधैँ हिलोको किलो झैं हल्लिनेु बताएका हुन्। विपरीत वैचारिक–राजनीतिक धरातलमा उभिएका दलहरूबीच भगत गणितीय आधारमा बन्ने गठबन्धनले दीर्घकालमा देश र जनताको हित नगर्ने उनको दाबी छ।

उनले लेखेका छन्, ‘विपरित वैचारिक–राजनीतिक धरातलमा उभिएका दलहरूबीच भगत गणितीय आधारमा बन्ने गठबन्धन सधैँ हिलोको किलो झैँ हल्लने र केही महत्त्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुन्छ। त्यसले दीर्घकालमा देश र जनताको हित गर्दैन।ु उनले दिगो लोकतान्त्रिक स्थिरता, सुशासन, समृद्धिका निम्ति गम्भीर ढंगले विकल्प सोच्न आग्रह गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार