यू–१९ विश्वकप छनोटमा नेपाली महिला टोलीको उत्कृष्ट सुरुवात

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले कतारलाई ७९ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनायो। नेपालका लागि आशा पुलामी मगरले नटआउट ३२ रन बनाउँदा सृस्टी जैशीले नटआउट २३ रनको योगदान गरिन्। सानु राजवंशीले २१ र अन्जली विश्वकर्माले ११ रन बनाइन्। ओपनर किरणकुमरी कुँवर भने एक रन बनाएर आउट भइन्।

११८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको कतार ३८ रनमा अलआउट भयो। उसका लागि साची दधवाल र श्रुतिवेन कमलेशभाइ रानाले समान १४ रन बनाउनुबाहेक अन्य कुनै व्याट्स्म्यानले दोहोरो अंक बनाउन सकेनन्। कतारका ७ खेलाडी शून्यमा आउट भए।

कतारलाई सस्तैमा समेटन सृष्टी जैशीले ३ तथा अनु कडायत, कप्तान कृतिका मरासिनी र स्नेहा महराले समान २÷२ विकेट लिए। खेलको म्यान अफ द म्याच आशा पुलामी बनिन्। नेपालले दोस्रो खेल भोलि युएईविरुद्ध खेल्नेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार