एनआईसी एसिया क्यापिटल लिमिटेडले ‘एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड’को एकाइ बिक्रीमा ल्याएको छ ।
क्यापिटलले एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको एकाइ आज अर्थात जेठ १९ गतेदेखि बिक्रीमा ल्याएको हो । क्यापिटलले प्रतिएकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड एकाइ बिक्रीमा ल्याएको छ ।
निष्कासन गरिएको कुल इकाईमध्ये बीज पुँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको एकाइ संख्याको १५ प्रतिशत कोष प्रवर्धक एनआईसी एसिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख एकाइ सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । उक्त फन्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।
एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सो फण्डको एकाइमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै एकाइ बिक्री नभएको खण्डमा असार २ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ ।
७ वर्ष अवधिको उक्त फन्डको एकाइमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो ।