घुस लिएको आरोपमा प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिका १ मा रहेकाे एकडारा माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई घुससहित पक्राउ गरेकाे छ ।

५० हजार रुपैयाँ घुससहित अख्तियारले दुई जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा प्रधानाध्यापक रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।

विद्यालयमा भवन निर्माणसम्बन्धी कामका लागि सेवाग्राहीबाट जिल्ला सदरमुकाम जलेश्वरमा रहेकाे एक होटलमा बिहीबार बेलुका ५ बजे घुस लिइरहेको अवस्थामा अख्तियारकाे केन्द्रीय कार्यालय टङ्गाल र बर्दिवासको संयुक्त टोलीले दुवै जनालाई रङ्गेहात पक्राउ गरेको हो ।

घुस रकमसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीकाे प्रकिया अगाडि बढाइएकाे अख्तियारले जनाएकाे छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार