जयनगरबाट जनकपुर आउँदै गरेको रेलमा आगलागी, यात्रुहरुको भागाभाग

जयनगरबाट जनकपुर आउने क्रममा रहेको नेपाल रेल्वेमा आगलागी भएको छ । बिहीबार जयनगरबाट जनकपुरतर्फ आइरहेको रेलमा आगलागी भएको हो ।

एसिड पोखिएर डब्बामा लागेको आगो तत्कालै नियन्त्रणमा लिइएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । रेलको एउटा डिब्बामा लुकाइएर ल्याइएको एसिडको भाँडो चुहिएपछि आगो लागेको प्रहरीले बतायो । एक डब्बामा एक्कासि आगो भएपछि यात्रुहरु भागाभाग भएको थियो ।

प्रतिबन्धित एसिड बोकेका दुईजना महिलालाई भारतीय प्रहरीले जयनगरमै पक्राउ गरि नेपाल प्रहरीलाई जिम्मामा लगाएको छ ।यता, धनुषा प्रहरीले भने घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार